पोखरीमा दुई बालिका मृत फेला

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् ।

शनिबार दिउँसो आङ्गनमा खेल्दाखेल्दै हराएकी दुवै बालिका साँझसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो । घरपरिवारले राति ८ः४५ बजे लक्ष्मीनियाँ प्रहरी चौकीमा बालिका हराएको जानकारी गराएका थिए । प्रहरीमा खबर गरिएपछि खोजतलाश गर्ने क्रममा आइतबार साँझ स्थानीय बाबुजी यादवको पोखरीमा उनीहरुको शव पानीमा तैरिरहेका अवस्थामा फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

दुवै बालिकाको डुबेरै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…

thumbnail

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर किसानको मृत्यु

धनगढी । कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका–३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी…