मुख्य समाचार राजनिति राष्ट्रिय समाचार

बामदेवविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने देखिएको छ । बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो । सर्वोच्च अदालतका केही न्यायाधीश र अधिकृतमा नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण संवैधानिक इजलास बस्न नसकेको हो ।

हप्तामा बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्छ । आगामी शुक्रबार संवैधानिक इजलास बस्ने सम्भावना नरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए । असोज पहिलो साता सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन् ।अनलाइनखबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

मोबाइलबाट गलत सन्देश प्रवाह गरे प्राधिकरणले कारवाही गर्ने

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशन…

thumbnail

रेडपाण्डाको छालासहित चार जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। दैलेखबाट बिक्रीका लागि ल्याइएका दुई वटा रेडपाण्डाको छाला (ओखेटोपहार)सहित दैलेखको नौमुले गाउँपालिका–२ का २६ वर्षीय मनोज विक,…

thumbnail

पछिल्लो २४ घण्टामा देशभर ५७४३ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको…

Write a Reply or Comment