बारामा गोली चल्दा एक जना घाइते

बारा । बारामा गोली चलेको छ । भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो । जवाफी कारवाहीमा प्रहरीको गोली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन् । उनको पाखुरामा गोली लागेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनापछि कुशवाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी नेपाली वा भारतीय नागरिक के हुन् भन्ने खुली नसकेको प्रहरीको भनाइ छ । रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ पक्राउ

काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार…

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…