बिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–७, बिम खरिभिरमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएका छन् ।


दरबाङबाट बिममा निर्माणधिन भगवती आधारभुत विद्यालयको निर्माण सामाग्री लिएर बिमतर्फ जाँदै गरेको ट्याक्टर घ १ च ५२६ नम्बरको ट्याक्टर देउराली नजिकै दुर्घटना हुदाँ रघुगंगा गाउँपालिका–३ का २३ बर्षिय आषिश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भिर घाइते खत्रिलाई उपचारको लागि बेनी ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।


यस्तै पर्वतको जलजला गाउँपालिका–२ का ३० बर्षिय प्रविण परियार गम्भीर घाईते हुनुभएको छ । घाईते परियारलाई थप उपचारको लागि पोखरा पठाइएको छ । आइतबार राती ११ बजेको समयमा ट्याक्टर सडकदेखी करिब ५०० सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार