आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज

बुधबार नेप्से १३ दशमलव ९४ अंकले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । मंगलबार पनि दोहोरो अङ्कले बढेको नेप्से बुधबार १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता सेयर रु एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये बुधबार चार उपसमूहको सेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १५.०३, जलविद्युत् १४.०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बीमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बीमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एसिया बैंक शीर्षस्थानमा छ । सो बैंकको रु २४ करोड २९ लाख ५७ हजार ८०७ बराबरको कारोवार भएको छ । यस्तै कुमारी बैंक रु आठ करोड ३९ लाख ३० हजार ३४७, नेपाल बैंक रु सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक रु चार करोड ५३ लाख ३५ हजार ४७२ र एनएमबी बैंक रु चार करोड १० लाख १४ हजार ८७१ बराबरको कारोवार भई शीर्षस्थानमा पुगेको छ ।

कारोवारका आधारमा आज जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल हाइड्रो डेभलपर ४.४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४.४०, एनआइसी एसिया बैंक ४.१३, कुमारी बैंक ३.९४ र साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । त्यस्तै नेपाल फाइनान्स कम्पनी ५.०५, खानीखोला हाइड्रोपावर ४.७२, आँखुखोला हाइड्रोपावर ४.७२, पञ्चकन्या माई हाइड्रोपावर ४.५२, नेशनल हाइड्रोपावर ४.२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए । नागरिक खबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा…

thumbnail

मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित

काठमाडौं । नेपाल प्रहरीका दुई उपररीक्षक (एसपी) निलम्बनमा परेका छन् । आफू मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा दुई एसपी निलम्बित भएका हुन् । एसपीहरु विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन…

thumbnail

पाल्पामा भुइँकाफलको व्यावसायिक खेती

पाल्पा । पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार…

Write a Reply or Comment