अन्तराष्ट्रिय मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

भारतको गाजियाबादबाट १८ किशोर नेपाल फिर्ता

नवलपरासी । वैदेशिक रोजगारीका लागि भन्दै भारत पुर्‍याइएका १८ नेपाली किशोरलाई भारतीय प्रहरीले नेपाल फर्काइदिएको छ । भारतमा रोजगारीका लागि लगिएका ती किशोरहरुको भारतको गाजियाबादबाट उद्धार गरेर भारतले मंगलबार सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो ।

पूर्वी नवलपरासीका एसपी प्रकाश मल्लले भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएका किशोरहरुलाई मंगलबार नवलपरासीमा अभिभावकको जिम्मा लगाउने तयारी भएको छ । उनीहरु १४ वर्षदेखि १९ वर्ष उमेर समूहका छन् । नेपालको महिला बालबालिका मन्त्रालयका प्रतिनिधिको रोहबरमा उनीहरुलाई भारतीय प्रहरीले जिम्मा लगाएर अहिले नवलपरासी ल्याइँदै छ । उनीहरुलाई लैजाने ४ जनालाई पनि प्रहरीले समातेर ल्याएको छ ।

आफन्त नेपाल भन्ने संस्थाको सहयोगमा ती किशोरलाई भारतको गाजियाबादमा पक्राउ परेका हुन् । त्यो संस्था भारतमा पनि कार्यरत छ । आज ती सबै युवाका अभिभावकलाई जिल्ला प्रहरी कार्यालयमा आफना सन्तान जिम्मा लिन प्रहरीले बोलाएको छ । ‘अभिभावकको जिम्मा लगाएर पठाउछौं र लैजाने कसुरमा पक्राउ परेकाहरुलाई अनुसन्धान गर्छौं,’ एसपी मल्लले भने ।

उनीहरुलाई भारतमा आकर्षक रोजगारी दिने भन्दै एउटै गाडीमा राखेर भारतको गाजियाबाद पुर्‍याउँदा अघिल्लो साता त्यहाँको प्रहरीले पक्राउ गरेर दिल्ली प्रहरीलाई बुझाएको हो । उनीहरु गाजियाबादमा गाडीमा हिँड्दै गर्दा पक्राउ परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मल्लको भनाइ छ । ekantipurबाट साभार

सम्बन्धित समाचार

thumbnail

पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन

काठमाडौँ । इस्लामाबाद, पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ। उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो। उपचारकै…

thumbnail

बंगलादेशबाहेक सबै गन्तव्यमा उडान खुला

काठमाडौँ । सरकारले एयर बबल प्रणालीमार्फत भारत र नेपालबीचको उडान खोल्ने भएको छ । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान खुले पनि भारत, बंगलादेश, भुटान र थाइल्यान्ड उडान हुन सकेको थिएन । भुटान…

thumbnail

विश्व नेत्रहीन क्रिकेट काउन्सिलको कोषाध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौँ । नेत्रहीन क्रिकेट संघ नेपाल (क्याब) का अध्यक्ष पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट काउन्सिल (डब्लुबिसिसी)को कोषाध्यक्षमा निर्वाचित भएका छन्। भर्चुअलमार्फत शनिबार राति भएको विश्व नेत्रहीन क्रिकेट काउन्सिलको २२औं वार्षिक साधारणसभा तथा…

Write a Reply or Comment