मंगला गाउँपालिकामा अस्थायी कोरोना अस्पताल तयार

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल बनाइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले बताउनुभयो ।

‘कोरोना संक्रमितको उपचारका लागि अर्मन स्वास्थ्य चौकीमा अस्थायी कोरोना अस्पताल बनाएका छौं ,‘संक्रमति घरमै बस्न नसक्ने अवस्थामा मात्रै अस्पतालमा लैजाने ब्यवस्था मिलाएका छौ’– अध्यक्ष रोका मगरले भन्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी अस्पताल बनाउन गर्न १० लाख रुपैंया निकासा गरेको थियो ।

त्यस्तै जनप्रतिनिधिको भत्ताबाट थप ५ बेड सहित अक्सिजन सिलिन्डर समेत थप गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । अस्थायी कोरोना अस्पतालमा एक मेडिकल अफिसरसहित २ स्टाफ नर्स र एक कार्यालय सहयोगी गरेर ४ जना जनशक्तीका लागि सूचना समेत जारी गरिएको छ । अस्थायी अस्पतालका लागि तत्काल ३ महिना करारमा जनशक्ती ब्यवस्थापन गरिने छ ।

कोरोना रोकथामका लागि चाहिने औषधि र बेड खरिद गरिएको छ । मंगला गाउँपालिकामा स्थानीय दुई र तीन जना गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै होम आइसोलेसनमा रहेका गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार