मन्त्रिपरिषद् हेरफेरः अर्थमन्त्रीमा पौडेल (कोको थपिए ? )

काठमाडौं । मन्त्रिपरिषद् हेरफेर भएको छ । रिक्त रहेको अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त हुनुभएको छ । यसैगरी सहरी विकास मन्त्रालयमा कृष्ण गोपाल श्रेष्ठ नियुक्त गरिएको छ । त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको छ ।

महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी भने लिलानाथ श्रेष्ठले पाउनुभएको छ । उपप्रधानसमेत रहनुभएका ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरिएको छ । पोखरेललाई उपप्रधानमा मात्र सीमित राखिएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले राख्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा बुधबार साँझ मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार