मिर्चैयामा एक सय किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । एक सय किलो गाँजा बोकेको ट्याक्टरसहित दुई जना पक्राउ परेका छन्।सिरहा मिर्चैया नगरपालिका-१ मनहर्वाबाट प्रहरीले ना२त १४ नम्बरको ट्याक्टरका चालक १९ वर्षीय सुन्दर कापर र २६ वर्षीय सहचालक जितेन्द्र महतोलाई आइतबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार मनहर्वाको भित्री सडकमा दक्षिणतर्फ जाँदै गरेको ट्याक्टरमा गाँजा लगिँदै थियो। चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा प्याक गरिएको गाँजा फेला परेको थियो।

उक्त गाँजा भित्री बाटो हुँदै भारत निकासी गर्न लगिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन अनुसार अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

१ करोड २० लाख भ्रष्टाचारको आरोपमा जितपुर-सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुई मुद्दा

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं…

thumbnail

१३ केजी गाँजासहित एक पक्राउ

बारा । निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् ।…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…