म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

बेनी ।म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न मितिमा भारतबाट आइ बेनी स्थित माउण्ट एभरेष्ट आवासीय मावि क्वारेन्टाइनमा बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य कार्यालय म्याग्दीले जनाएको छ ।

संक्रमितमा जिल्लाको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ६ की ४५ बर्षिया एक महिला र १८ बर्षिय पुरुष तथा मालिका गाउँपालिका वडा नम्बर ६ का २० बर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।संक्रमितको स्वास्थ अवस्था सामान्य रहेको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ५३ पुगेको छ । संक्रमित मध्ये ५० जना निको भएर घर फकिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार