म्याग्दीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी । म्याग्दीमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेनटाइन र बाहिर जिल्लाबाट आएर क्वारेनटाइनमा बसेका सुरक्षाकर्मीहरुको पिसीआर परिक्षणका क्रममा एक महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भने जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ बाट पोखरामा उपचार गराउन पुग्नुभएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएर माउण्ट एभरेष्टको क्वारेनटाइनमा बस्नुभएका बेनी नगरपालिका– २ की २८ बर्षिया महिला, १० बर्ष र ८ बर्षका दुई बालक, दुबइबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेनटाइनमा बस्नुभएका बेनी नगरपालिका–९ का २४ बर्षिय पुरुष र बाहिर जिल्लाबाट आएर नेपाली सेनाको क्वारेनटाइनमा बसेका ३८ र ३६ बर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैगरी ,म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानबाट उपचारको लागि पोखरा पुग्नुभएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमिक्त प्रमुख लम्सालले जानकारी दिनुभयो ।

असोज १५ गते पोखरा पुग्नुभएकी ती महिला उपचारको क्रममा विभिन्न अस्पतालमा पुगेको खुलेको छ । उहाँको घर परिवारमा समेत कन्ट्याक्ट टे«सिङको काम समेत सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म म्याग्दीमा बाहिरबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण देखिएकोमा पहिलो पटक जिल्लाबाट बाहिर गएको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा हालसम्म ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५१ जना निको भएर घर फर्किसक्नुभएको छ । जिल्लामा हालसम्म १६५२ वटा नमुना संकलन गरि पिसीआर परिक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार