रुकुम पश्चिममा जीप दुर्घटना: ६ घाइते

दाङ । रुकुम पश्चिममा आइतबार बिहान यात्रुवाहक जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइते हुनेमा आठवीसकोट नगरपालिका वडा नं। १२ राडीबजारका ३४ वर्षीय गेगे कामी, उनका ६ वर्षीय छोरा सर्जन कामी, ३ वर्षीया छोरी लक्ष्मी कामी, १४ वर्षीय शैलेन्द्र नेपाली, १४ वर्षकै राजकुमार कामी र १२ वर्षीय मनिराम नेपाली छन्।

घाइतेमध्ये शैलेन्द्र नेपालीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि वलीले जानकारी दिए। आठविसकोट नगरपालिका वडा नं। १२ ठूलीबार्खदेखि राडीबजार तर्फ जाँदै गरेको ग १ ज ६०४७ नम्बरको जीप बिहान ९ बजेतिर दुर्घटनामा परेको हो। घाइतेहरूको जिल्लामै उपचार भइरहेको छ। दुर्घटनाको कारण थाहा भइनसकेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार