
थप ५३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…
बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका– २ का ६७ वर्षीय पुरुषको बुटवल धागो काराखानास्थित कोरोना विशेष अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।
असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको शुक्रबार बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाविष्णु गौतमले पुष्टि गरे ।
चार दिनसम्म आइसोलेसन वार्डमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा समस्या आएपछि २५ गते उनलाई आईसीयू कक्षमा सारिएको थियो । आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिए पनि उनलाई बचाउन नसकिएको डा. गौतमले बताए । योसंँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४६ पुगेको छ ।अनलाइनखबरबाट साभार
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…
काठमाडौँ । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो। अस्पतालले अघिल्लो हप्ता गरेको जिन सिक्वेन्सिङमा…
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…