
दानाको मतिचौरमा घना जंगलको विचमा १०८ धारा
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी खुला गरिएको छ । कोरोनाका कारण चैत ११ देखि बन्द भएको जंगल सफारी शनिबारदेखि खुला गरिएको हो ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ट्रयाक्टरद्वारा घाँसे मैदान व्यवस्थित गरिँदै। यो घाँसेमैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो। निकुञ्ज प्रशासनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मात्रै सफारी गर्न सकिने आफ्नो सूचनामा जनाएको छ । दसैं–तिहारको अवधिमा आन्तरिक पर्यटकहरू आउने भएकाले सफारी र जंगल वाक खुला गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रविन चौधरीले बताए ।
सफारी गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्ने तथा तोकिएको रुटमा मात्रै सफारी गर्न पाइने जनाएको छ । कोरोनाको जोखिम रहेकै कारण निकुञ्जमा हात्ती सफारी, फिसिङ, र्याफ्टिङ र क्याम्पिङ लगायतका गतिविधिहरूमा भने रोक लगाइएको छ । ‘कोरोनाको जोखिम कायमै भएकाले यस्ता गतिविधिमा रोक लगाइएको छ,’ चौधरीले भने ।गत वर्ष १ हजार ७ सय ७३ जना पर्यटक मात्रै शुक्लाफाँटा निकुञ्जमा प्रवेश गरेका थिए । अघिल्लो आर्थिक वर्षमा ६ हजार बढी पर्यटक भित्रिएका थिए । ‘हामीले गत वर्ष ८/१० हजार पर्यटक भित्रिने अनुमान गरेका थियौं,’ चौधरीले भने, ‘तर कोरोनाका कारण लामो समय निकुञ्ज प्रवेशमा रोक लगाउनुपर्यो ।’ अहिले निकुञ्जभित्र बाटो सरसफाइदेखि घाँसे मैदान व्यवस्थापनलगायत कामहरू भइरहेका छन् ।
यतिबेला निकुञ्ज घुम्ने राम्रो सिजन मानिन्छ । ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको विशाल घाँसे मैदानमा देखिने बाह्रसिंगेका ठूलो झुन्ड यहाँको प्रमुख आकर्षण हो । घाँसे मैदान व्यवस्थापनपछि नयाँ पालुवा चर्न फाँटभरि हजारौंको संख्यामा एकै ठाउँमा बाह्रसिंगाको झुन्ड सहजै देख्न सकिन्छ । निकुञ्जमा बाह्रसिंगेबाहेक बाघ, गैंडा, हात्ती र चित्तललगायत वन्यजन्तु पनि हेर्न सकिन्छ । कम क्षेत्रफलमा बढी बाघ भएको निकुञ्जका रूपमा पनि शुक्लाफाँटालाई लिइन्छ । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पछिल्लो गणनाअनुसार १६ वयस्क बाघ छन् । ekantipurबाट साभार
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
पोखरा विमानस्थलमा इन्धन बोकेको ट्यांकर दुर्घटना भएको छ । घटनास्थलमा कास्कीका एसपी रमेश थापा उद्धारकर्मी सहित पुगेका छन् । विमानस्थलको कम्पाण्डमा ट्यांकर पल्टिएको कास्कीका एसपी रमेश थापाले बताए । प्रविधिको सहायताले सुरक्षाकर्मीहरुले…
काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको टुइनटर विमान बेलुकी ८ बजेसम्म भेटिएको छैन । नेपाल…