आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज

सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाको १० लाख सहयोग

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बिहीबार महानगरपालिकाका प्रमुख मेयर चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डा.चिरन्जीवी पोखरेललाई सहयोग बापतको चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले कोभिड संक्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएकोले आर्थिक समस्या परेको अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराएको बताए । आगामी दिनमा आवश्यकता अनुसार आर्थिक सहयोग रकम जुटाउन महानगर प्रतिवद्ध रहेको पनि उनले बताए ।

सदर चिडियाखानाका आयोजना अधिकृत डा. पोखरेलले कोभिड संक्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताए । चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँ भन्दा बढी खर्च हुने गर्छ भने चिडियाखाना भित्र रहेका वन्यजन्तुको खानपिनका लागि करिब ३ देखि ४ करोड रुपैयाँ खर्च हुने पोखरेलले बताए । चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ वन्यजन्तु रहेका छन् ।

आर्थिक अभावका कारण चिडियाखानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा.पोखरेलले बताए । वित्तिय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्ष देखि चिडियाखना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड १९ का कारण पूर्ण रुपमा बन्द गर्नुपर्दा आम्दानी शून्य भएको छ । ekantipurबाट साभार

सम्बन्धित समाचार

thumbnail

पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर…

thumbnail

पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी…

thumbnail

चन्द्रागिरीले साधारण शेयर बिक्री गर्ने

काठमाडौं । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरी हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले…

Write a Reply or Comment