सर्पले टोकेपछि अस्पतालमा भर्ना भएका एक व्यक्तिमा कोरोना संक्रमण, उपचारका क्रममा मृत्यु

चितवन । सर्पले डसेर उपचार गराउन चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पनि पुष्टि भएको छ । उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको छ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार नवलपरासी पूर्व (नवलपुर) गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष असोज १७ गते सर्पले टोकेर उपचारका लागि आएका थिए ।

परीक्षणपछि उनमा असोज १८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको डा. लम्सालले जानकारी दिए । अस्पतालको कोभिड आईसीयूमा उपचार गराइरहेका उनको मंगलबार बिहान ९ बजेर ५६ मिनेटमा मृत्यु भएको हो ।ekantipurबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…