सर्लाही जिल्लाको लालबन्दीबाट १५ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं । लागुऔषध गाँजासहित सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ४ः३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ गरेको हो ।

डाबरीबाट जंगलको बाटो हुँदै बागवानी आएपछि उनीहरुलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । प्रहरीले उनीहरुका साथबाट दुई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच बलरा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । बलरा–४ स्थित सार्वजनिक पोखरीमा डुबेर स्थानीयवासी जगु सहनीका नौ वर्षीय छोरा आदित्यकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मंगलबार साँझ पोखरीमा नुहाउने क्रममा सहनी पोखरीमा डुबेका थिए । रासस/रातोपाटी

सम्बन्धित समाचार

thumbnail

१ करोड २० लाख भ्रष्टाचारको आरोपमा जितपुर-सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुई मुद्दा

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं…

thumbnail

१३ केजी गाँजासहित एक पक्राउ

बारा । निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् ।…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…