घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

साइकलमा गइरहेका बाबुछोरीलाई टिपरले ठक्कर दिँदा छोरीको मृत्यु, बुवा गम्भीर घाइते

दाङ । दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन्। दाङको गढवा गाउँपालिका- १ जुराउनीका २४ वर्षीया छोरी जमुना कुमालको मृत्यु भएको छ भने उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्।

जमुनाको उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरीक्षक नन्द पोखरेलले सेतोपाटीलाई बताए। गम्भीर भाइते बुद्धिरामलाई उपचारका लागि लमही पठाइएको पोखरेलले बताए। आइतबार दिउँसो पौने १ बजेतिर पूर्वतर्फ जाँदै गरेको रा १ ख २०२१ नम्बरको टिपरले साइकलमा भालुवाङतर्फ आउँदै गरेका बाबु-छोरीलाई ठक्कर दिएको पोखरेलले बताए।

‘अर्को टिपर पनि आइरहेको रहेछ,’ पोखरेलले भने ‘ त्यसैले साइकलमा सवार बाबु छोरी बीचमा परेछन् र उनीहरू लडेपछि टिपरले ठक्कर दिएको देखिन आएको छ।’घटनास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं। ८ मा भएको पोखरेलले बताए। घटनाबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले बताएको छ। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले २ लाख दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान…

thumbnail

आयल निगमको रुपन्देही डिपोभित्र रहेको पेट्रोल ट्याङ्करमा आगलागी

बुटवल । रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोभित्र रहेको पेट्रोल ट्याङकरमा आगलागी भएको छ। भारतबाट ल्याइएको पेट्रोल डिपोमा चेकजाँच गरेर निस्किने क्रममा गेटमै बिहीबार पौने दुई बजेतिर अकस्मात आगलागी भएको थियो। त्रिवेणी…

thumbnail

गैंडाको खागसहित एक शिक्षक पक्राउ

काठमाडौं । प्रहरीले गैंडाको खागसहित एक जना शिक्षकलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी पासाङ ल्ह्यामु चोकबाट एक जनालाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले सुनसरी इनरूवा नगरपालिका-७का ४९ वर्षीय…

Write a Reply or Comment