आर्थिक घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज

हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले २ लाख दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो ।

तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए ।तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख समेत रहेका (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।

शनिबार साँझ ड्युटिमा गएका बेला दुबै जना बेपत्ता भएका थिए । असईको शव आइतबार र प्रहरी जवानको शव मंगलबार मोहना नदीमा फेला परेको थियो । प्रहरीले हत्या अभियोगमा ८ जनालाई पक्राउ गरेको छ । ८ जनाले नै हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।अनलाइनखबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

उचित मूल्य नहुँदा तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा…

thumbnail

मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित

काठमाडौं । नेपाल प्रहरीका दुई उपररीक्षक (एसपी) निलम्बनमा परेका छन् । आफू मातहतका प्रहरीबाट पैसा उठाएको आरोपमा दुई एसपी निलम्बित भएका हुन् । एसपीहरु विमल बस्नेत र रामेश्वर यादबलाई गृह मन्त्रालयले निलम्बन…

thumbnail

पाल्पामा भुइँकाफलको व्यावसायिक खेती

पाल्पा । पाल्पामा नौलो फलका रूपमा परिचित भुइँकाफलको व्यावसायिक खेती गर्न थालिएको छ । पहाडी जिल्लाको पाल्पामा पहिलोपटक भुइँकाफल वा स्ट्रबेरी खेती गर्न थालिएको हो । कृषि ज्ञान केन्द्र पाल्पाको रु चार…

Write a Reply or Comment