४ लाख घुससहित बुटवलका प्रहरी हवल्दार पक्राउ

बुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४ लाख घुससहित एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो अख्तियारको टोलिले ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी र उनकी श्रीमती निर्मला केवटलाई पक्राउ गरेको हो।

धरौटीमा छुटाई दिन सहयोग गरे वापत सेवाग्राहीसँग चार लाख घूस लिदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवफका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए। उनीहरूलाई रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको सूचना अधिकारी भुसालले जानकारी दिए।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले जनाएको छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार