कास्की । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार साँझ कास्कीको पोखरा महानगरमा २७ सहित स्याङजाका ४ जना र तनहुँका १ गरी गण्डकी प्रदेशमा ३२ नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ५ का १ पुरुष तथा १ महिला , ६ का ५ पुरुष, ७ का २ महिला , ८ का १ पुरुष तथा १ महिला , १० का १ पुरुष तथा २ महिला, १२ का १ पुरुष तथा १ महिला , १४ की १ महिला, १५ का २ पुरुष, १७ का १ पुरुष, १८ का १ पुरुष, २३ का १ पुरुष, २६ का ३ पुरुष र ३० का १ पुरुष रहेका छन् ।
त्यस्तै स्याङजा आधिखोला ३ की १ महिला, फेदीखोला ३ का १ पुरुष, भिरकोट १ का १ पुरुष, वालिङ ३ का १ पुरुष तथा तनहुँको शुक्लागण्डकी ४ का १ पुरुषमा कोरोना देखिएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ६० पुगेको छ ।