अभिनेता गजित विष्टलाई कोरोना संक्रमण

काठमाडौं । अभिनेता गजित विष्ट कोरोना संक्रमित भएका छन् । शनिबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो । आफु कोरोना संक्रमित भएको बिष्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आफुलाई हल्का रुघा बाहेक कुनै पनि लक्षण नदेखिए पनि कट्र्याक ट्रेसिङका आधारमा पिसिआर टेष्ट गर्दा आफुमा कोरोना पुष्टि भएको उनले बताएका छन् ।

‘कलाकार निर्मल शर्मा दाईको पिसिआर रिपोट पोजेटिभ आएको स्टाटस देखेपछि म उहाँसँग नजिक भएकोले होला धेरै साथीहरुले सोध्नुभयो’ बिष्टले सामाजिक सञ्जालमा लेखेका छन् ‘हल्का रुघाबाहेक मलाई केही लक्ष्यण देखिएको थिएन । पिसिआर टेष्ट गर्दा मेरो पनि रिपोट पोजेटिभ आएको जानकारी गराउँदछु ।’

अबको १४ दिन घरमै बसेर कोरोना मुक्त हुने प्रयास गर्ने बताएका उनले यो २, ३ दिनमा आफुसँग सम्पर्कमा रहनु हुने सबैलाई समेत सचेत रहन र लक्षण देखापरे टेष्ट गराएर सुरक्षित रहन अनुरोध समेत गरेका छन् । बिष्ट पछिल्लो समय वेभ श्रृंखला, छोटा फिल्म, बिज्ञापन चलचित्र, म्युजिक भिडियो अभिनय र निर्देशनमा ब्यस्त रहँदै आएका छन् ।रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…