आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति

लहान । सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा गए राति आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।

विद्युत् चुहावट भई आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपति साहको पाँच वटा घर, घरमा रहेको सुनचाँदीको गरगहना, अन्नपात, फर्निचरलगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाइएको छ । रासस

सम्बन्धित समाचार

thumbnail

पहिरोमा परी ३ जनाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको…

thumbnail

च्याउ खाँदा बुटवलमा १९ जना बिरामी

बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको…

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…