अन्नपूर्ण गाउँपालिका काेराेना अपडेट बेनी नगरपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय

उपचारका लागि बेनी अस्पतालमा आएका दुई सहित म्याग्दीमा थपिए चार जना कोरोना संक्रमित

बेनी । उपचारका लागि म्याग्दीको बेनी अस्पतालमा आएका दुई सहित म्याग्दीमा थप चार जनामा कोरोना पुष्टि भएको छ । । कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पतालमा उपचारका लागि आएका उनीहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवन ठेगना भइ हाल बेनी नगरपालिका ४ सिंगा तातोपानीको एक लघुवित्तमा काम गर्ने २७ वर्षीय पुरुष र अर्को एकजना बेनपा ९ काउलेगौडा ठेगना भई रघुगंगा हाइड्रोमा काम गर्ने ३० वर्षीय पुरुष भएको लम्सालले बताउनुभयो ।

संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्थानीय आइसोलेशन तथा होम आइसोलेशनमा राखिएको निमित्त स्वास्थ्य प्रमुख लम्सालले बताउनुभयो । यसैगरी उहाँका अनुसार जिल्लाकोअन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ की बर्ष ३४ र बेनी नगरपालिका स्थायी ठेगना हाल पारी बेनी बस्दै आएकी बर्ष ३८ की दुई महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । पोखरामा गरिएको परिक्षणमा दुई महिलामा कोरोना संक्रमण पुष्टि भएको र उनिहरु आइसोलशनमा रहेका छन् ।

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार संक्रमित हुनेमा तनहुँ ठेगाना भई हाल अन्नपूर्ण २ वस्ने वर्ष ४९ को…

thumbnail

म्याग्दीमा ९ जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका मात्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । ठेगाना नखुलेका गाउँपालिकाका ४५…

thumbnail

अन्नपूर्ण गाउँपालिकाको कार्यालय एक साता बन्द

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३…

Write a Reply or Comment