एक वर्षदेखि अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने व्यक्ति पक्राउ

इटहरी । एक वर्षदेखि अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने सुनसरी देवानगञ्जका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। तराई विकास परिषद् नेपाल नाम गरेको संस्थाका अध्यक्ष देवानगञ्ज–६ का ३५ वर्षे महेन्द्रप्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार सुनसरीमै कार्यरत एक सरकारी कर्मचारी महिलालाई विभिन्न प्रलोभन दिई, मोलमोलाई गरी, करकापमा पार्नुका साथै माया गर्ने नाटक गरी नसालु पदार्थसमेत सेवन गरेर पटकपटक यौनशोषण गरेको उजुरीका आधारमा मेहता पक्राउ परेका हुन्। मेहताको मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम सुनसरी जिल्ला अदालत इनरुवाबाट म्याद लिई अनुसन्धान चलिरहेको छ।

मेहताले पीडित महिलाका पति विदेश गएको मौका पारी अनेक योजना बनाएर कहिले लागुऔषधको काण्ड त कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार गरेको आरोपमा नक्कली पत्र बनाएर डर देखाएर यौनशोषण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जुनसुकै समस्या पर्दा पनि समाधान गर्न आफ्नो पहुँच भएकाले गर्दा सहयोग गर्ने भनी यौनशोषण गर्ने गरेको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छन्।

मेहताले यसअघि पनि आफ्नो संस्थामार्फत किशोरी तथा युवतीलाई तालिममा सहभागी गराएर अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने गरेको खुलेको छ। यद्यपि विगतमा भएका घटना गुपचुपमै मिलापत्र भएका थिए। तर, ती महिलाले भने अब अरूले थप पीडा भोग्न नपरोस् भनी प्रहरीमा उजुरी दिएको सार्वजनिक गरेकी छिन्। मेहताबारे विस्तृत अनुसन्धानपछि थप सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले जनाए।nagariknews.nagariknetwork बाट साभार

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…

thumbnail

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला…