काभ्रेमा एक पुरूषको शव फेला

काठमाडौं । काभ्रेमा एक पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालमा शनिबार दिउँसो सवा तीन बजे एक पुरूषको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उनको शव वडा कार्यालयबाट ५ सय मिटर पश्चिम बाटोमुनि फेला परेको थियो।अन्दाजी ३५/३६ वर्षीय पुरूषको हत्या गरिएको अवस्थामा फेला परेको काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। ती पुरूषको सनाखत भने हुन सकेको छैन।

सनाखत नहुँदा अनुसन्धान अघि बढाउन समस्या भएको छ,डिएसपी थापाले भने,कसैले पहिचान गर्न सकेमा अनुसन्धान गर्न सहज हुन्छ भनेर हामीले तस्विर पनि सार्वजनिक गरेका छौं। उनका अनुसार ती पुरूषको टाउकोमा काठले हानेर हत्या गरिएको हो। मृतकको शव धुलिखेल अस्पतालको शव गृहमा राखिएको छ। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…

thumbnail

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर किसानको मृत्यु

धनगढी । कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका–३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी…