काेराेना अपडेट घटना राजनिति राष्ट्रिय समाचार समाज

कोरोना संक्रमणबाट नेकपाका जिल्ला नेताको निधन

काठमाडौं । नेकपा बाँके जिल्ला कमिटी सदस्य चन्द्र भुसालको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उनको मृत्यु भएको हो ।

बाँकेको कोहलपुर नगरपालिका–५ निवासी ५८ वर्षीय भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा मंगलबार साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मुटुसम्बन्धी रोगबाट पीडित भुसाललाई कात्तिक ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । सुरुमा उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।

नेकपा उपाध्यक्ष बामदेव गौतमले भुसालको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै पार्टीलाई गम्भीर धक्का लागेको बताएका छन् । गौतमले भुसालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।अनलाइनखबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण

म्याग्दी । म्याग्दीमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्त्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामीहरुको मंसिर १६ गते संकलन गरिएका १४ वटा नमुनाको पिसिआर रिपोर्ट अनुसार गुल्मी, तनहुँ र…

thumbnail

पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको…

thumbnail

कैलालीमा थप एक संक्रमित पुरुषको मृत्यु

कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलाली गोदावरी ३ का ७६ वर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालका…

Write a Reply or Comment