
थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…
पोखरा । कोरोनाको कहर यति विघ्न विकरालस्थिति छ। दैनिक जसो सयदेखि डेढसयको संख्यामा पोखरामा थपिँदै गएका छन्। अहिले निजी प्रयोगशालाले समेत स्वाब संकलन गरी कोरोनाको परीक्षण गर्दै आएका छन्। निजीले परीक्षण गर्ने अनुमति पाएसँगै पोखरामा कोरोनाको संक्रमित थपिने संख्या दैनिकजसो उकालो लागिरहेको छ।
कोरोनाको संक्रमित संख्या मात्रै नभई मृत्यु हुनेको संख्या पनि उस्तै छ। दैनिकजसो नै मृत्युको खबरले सर्वसाधारण आहत बनेका छन्। त्यसबाट खेलकुद क्षेत्रपनि अछुतो रहन सकेको छैन। दुईदिन अघि मात्रै पोखराका स्क्वासका राष्ट्रिय खेलाडी विकासरत्न शाक्यको निधन भयो। उनी कोरोना संक्रमित थिए।
५३ वर्षीय शाक्यले केसी स्क्वास च्याम्पिनसिपको पहिलो उपाधि जितेका थिए। नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी कास्की जिल्ला एण्ड गण्डकी प्रदेशकै स्क्वास प्रशिक्षकको जिम्मेवारी निभाएका थिए। छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलले टिम इभेण्टमा रजत पदक जित्दा उनी महत्वपूर्ण सदस्यको रुपमा थिए।
उनको निधनमा स्क्वास र्याकेट एशोसियनले शोक सभा गर्दै उनको मृत्युले स्क्वासमा गम्भीर क्षति पुगेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले सुनाए। ‘स्क्वास खेलको विकास र विस्तारमा उहाँको महत्वपूर्ण योगदान छ। उहाँको निधनले स्क्वासमा अपुरणीय क्षति पुगेको छ।’ उनको भनाई थियो।nagariknews.nagariknetworkबाट साभार
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…