घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

गुल्मीमा जिप दुर्घटना हुँदा २ जना घाइते

गुल्मी ।गुल्मीमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा २ जना घाइते भएका छ्न् । जिल्लाको सेउवाबाट बुटवलतर्फ जाँदै गरेको लु१ ज ३९०९ नम्बरको जिप रेसुङ्गा नगरपालिका ४ को अर्खले भन्ने स्थानमा दुर्घटना हुँदा २ जना घाइते भएका हुन । घाइते हुनेमा इस्मा गाउँपालिका १ कि ३६ वर्षीया शान्ता बीसी र रुपन्देहीको कन्चन गाउँपालिका ४ हटैयाकी कमला क्षेत्री रहेका छन् ।

उनीहरुलाई केहीबेर अघि उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रबीण कुमार श्रेष्ठले जानकारी दिए । बिपरित दिशाबाट आउँदै गरेको मोटर साइकललाइ बचाउँन खोज्दा जिप सडकमा पल्टिएको जनाइएको छ । जिपमा बालबालिका सहित १० जना सवार थिए । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो । रातोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

बलेवा । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजी कार्यमा जुटेका प्रहरीले दुई हप्ताको अवधिमा ती परिमाणका…

thumbnail

पाँच सयको सामानमा अढाइ लाख जरिवाना

वीरगञ्ज । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर…

thumbnail

मकवानपुरमा दुई शव फेला

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–३ पापीखोल्सामा शुक्रबार बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार…

Write a Reply or Comment