गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

काठमाडौं । काठमाडौंको गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो।

वृत्तका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार तामाङलाई पक्राउ गरिएको हो। घटना हिजो दिउँसोको हो। उनलाई पक्राउ गरी ल्याएका छौं। घटनाबारे थप अनुसन्धान हुँदैछ, उनले भने। उनका अनुसार बालिका र तामाङ एउटै घरमा डेरा गरी बस्थे।

बालिकाको मंगलबार नै स्वास्थ्य परीक्षण गराउन थापाथलीस्थित प्रसुती गृहमा लगेको थियो। त्यसको रिपोर्ट भने आइनसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। त्यस्तै पक्राउ परेका तामाङमाथि अनुसन्धान गर्न बुधबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिँदैछ। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

१ करोड २० लाख भ्रष्टाचारको आरोपमा जितपुर-सिमराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध दुई मुद्दा

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा छुट्टाछुट्टै सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं…

thumbnail

१३ केजी गाँजासहित एक पक्राउ

बारा । निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजी रहेका छन् ।…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…