मुख्य समाचार राष्ट्रिय समाचार समाज

चितवनमा बगाल बढाउँदै अर्ना, पाँचौ बच्चा जन्मियो

चितवन । मुख्य बासस्थलबाट ल्याएर चितवनमा राखिएका अर्नाले बच्चा जन्माउने क्रम जारी छ । हालै चितवनमा अर्नाको एउटा बच्चा जन्मेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । जन्मेको बच्चा तन्दुरुस्त छ । माउको पछिपछि हिँड्न सुरु गरेको छ । चितवनमा जन्मेको अर्नाको यो पाँचौ बच्चा हो । निकुञ्जभित्र खुला क्षेत्रलाई तारबार गरेर अर्ना राखिएको छ ।

अर्नाको नेपालमा मुख्य बासस्थल कोसीटप्पु निकुञ्ज हो । त्यहाँबाहेक अन्यत्र अर्ना छैन पनि । तर ७३ सालको पुसमा कोसीबाट चितवन निकुञ्जमा अर्ना ल्याएर राखिएको छ । त्यो बेला कोसीटप्पुबाट १२ र सदर चिडियाखानाबाट तीन गरेर १५ वटा अर्ना चितवनमा ल्याइएको थियो । कुनैबेला चितवनको जंगलमा पनि अर्ना भेटिन्थ्यो । तर देखिन छाडेको लामो समय भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जले स्थानान्तरण गरेको एउटा बस्ती छ । जसलाई पदमपुर भन्ने गरिन्छ । पदमपुरमा मान्छे हटाएपछि खाली भएको फाँटमध्ये ३० हेक्टर जमिनलाई तारबार गरेर अर्ना छाडिएको हो । जुन ठाउँ चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाबाट दक्षिणमा पर्दछ । पदमपुरमा छाडेका १५ अर्नामध्ये ६ वटा अर्ना विभिन्न कारणले मरे । तर स्थानान्तरण गरेर ल्याएपछि यसअघि चारवटा बच्चा जन्मेका थिए ।

यहाँ जन्मेका कुल पाँच बच्चाहरुसमेत गर्दा अहिले अर्नाको संख्या १४ पुगेको छ । ७४ सालको साउन २८ गते आएको भिषण बाढीले अर्नाहरुलाई पनि सताएको थियो । उनीहरुको स्वास्थ्य अवस्था निकै बिग्रेको थियो । तर उनीहरुको अवस्था बिस्तारै सुधार हुँदै आयो । बच्चा पनि जन्मन थाले । थप १५ हेक्टरमा तारबार गरेर अर्ना बस्ने क्षेत्र बढाउन लागेको निकुञ्जले जनाएको छ ।ekantipurबाट साभार

सम्बन्धित समाचार

thumbnail

पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि देऊ : काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले निजामती कर्मचारीको लागि दिइएको पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गरेको छ । नेपाली काँग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद रिजालले सोमबार विज्ञप्ति जारी गर्दै…

thumbnail

खर्च बढाउन होइन, कानुन व्यवस्थित गर्न लागेका हौंः गण्डकी प्रदेश सरकार

कास्की । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्व मुख्यमन्त्रीको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको बताउनुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल…

thumbnail

चार महिनादेखि तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित

काठमाडौं । चार महिनादेखि तलब नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका…