
च्याउ खाँदा बुटवलमा १९ जना बिरामी
बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको…
काठमाडौँ । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ।कोराना महामारीको विषम स्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लाँदै गरिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो। हाल उनीहरु सोही संस्थाको संरक्षणमा छन्।
सिराहा र सर्लाहीमा स्टेज कार्यक्रममा नाच प्रदर्शन गर्ने भनी विभिन्न जिल्लाबाट पर्साको वैकल्पिक नाका हुँदै भारतसम्म पुर्याइएका ती युवतीको उद्धार गरिएको बताइएको छ। ती युवतीलाई स्टेज कार्यक्रममा नाच देखाउने र दैनिक रु २ हजारका दरले रकम दिने भनी काठमाडौँको बालाजुबाट लगिएको थियो।
पथलैयाको जङ्गलमा पुगेपछि उनीहरुलाई समूह विभाजन गरी नेपाल भारत सिमानामा पु¥याइएको थियो । सीमा कटाउने क्रममा चार जनालाई सीमा नाकाबाट र अन्य सात जनालाई भारतबाट उद्धार गरिएको हो। ती युवतीसँगै रहेका युवक पक्राउ परेका छन्।
आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले बेरोजगारीको चपेटामा परेर दैनिकी गुजार्न समस्या परेकाबाट फाइदा लट्न मानव तस्करहरु सक्रिय भइरहेका बेला आफूहरुले उद्धारमा काम गर्न पाएकामा खुशी व्यक्त गरे।रासस
बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको…
सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…