काेराेना अपडेट मुख्य समाचार राष्ट्रिय समाचार समाज स्वास्थ्य

तनहुँकी एक संक्रमित महिलाको चितवनमा मृत्यु

काठमाडौं । तनहुँकी कोरोना संक्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनी कात्तिक २९ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि आइतबार बिहान ११ः१६ बजे उनको मृत्यु भएको डा. लम्सालले बताए । डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् ।अनलाइनखबरबाट साभार

सम्बन्धित समाचार

thumbnail

भरतपुर अस्पतालमा थप दुई संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१७ बस्ने ७७ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा-१० का ५७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी…

thumbnail

कोरोनाबाट जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत सईको मृत्यु

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)को कोरोना संक्रमणका कारण बिहीबार मृत्यु भएको छ। जिप्रका रोल्पामा कार्यरत रहेका ४२ वर्षीय यज्ञमणि वैदिकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा ज्यान…

thumbnail

पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको…

Write a Reply or Comment