दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत फेला

नवलपरासी । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए ।

दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए । मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए । रासस/रातोपाटी

सम्बन्धित समाचार

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…

thumbnail

रोपाइँ गर्ने क्रममा चट्याङ लागेर किसानको मृत्यु

धनगढी । कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो। मंगलबार बिहान गोदावरी नगरपालिका–३ मालाखेतीमा रेडियन्ट ग्यास कम्पनी…