नगदसहित ६ जना जुवाडे पक्राउ

जनकपुरधाम । सर्लाहीबाट ६ जना जुवाडे पक्राउ परेका छन्। मंगलबार साँझ सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ का शम्भु सिंहको घरमा जुवा खेलिरहेका ६ जनालाई झण्डै ६९ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटको नेतृत्वमा खटिएको प्रहरी टोलीले सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ का ४८ वर्षीय शम्भु सिंह, वडा नम्बर १६ का ३० वर्षीय मनोज राय, वडा नम्बर ५ का ३८ वर्षीय महमद हुसेन कवाडी, वडा नम्बर ६ का ४२ वर्षीय राम प्रवेश महतो, वडा नम्बर ७ का ३८ वर्षीय दिनेश साह र ५५ वर्षीय रामानन्द दासलाई ६० हजार ९ सय ९५ रुपैयाँ नेपाली र ५ हजार २ सय भारतीय रकमसहित पक्राउ गरेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए।उनीहरूलाई प्रहरीले कानुनअनुसार कारवाही गर्ने बताएको छ। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…

thumbnail

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला…