यातायात राष्ट्रिय समाचार समाज

निगमको उडान नहुँदा ४२ केजी चिठ्ठीपत्र थन्कियो

सोलुखुम्बु । जिल्ला हुलाक कार्यालयमा महिनौँदेखिका चिठ्ठीपत्र थन्किएका छन् । कार्यालय प्रमुख सीता दुवाडीले नेपाल वायुसेवा निगमले फाप्लु विमानस्थलमा उडान नभर्दा ४२ केजी चिठ्ठीपत्र कार्यालयमा नै थन्किएको जानकारी दिए ।

हप्ताको दुई दिन आइतबार र मङ्गलबार काठमाडौँ–फाप्लु उडान भर्दै आएको निगमले गत असोज १३ गतेदेखि उडान भर्न सकेको छैन । गत चैत ११ गतेपछि निगमले सो दिन पहिलो पटक उडान भरेको थियो ।

निजी हवाई कम्पनीका विमानले भने धमाधम उडान भरिरहेका छन् । समिट एयर फाप्लुका प्रमुख मिङ्मार शेर्पाका अनुसार उडान शुरु भएदेखिनै फाप्लु–काठमाडौँ यात्रुको चाप पनि उच्च रहेको छ ।

अहिले काठमाडौँ–फाप्लुका लागि सो एयरले आइतबार र बिहीबार तथा तारा एयरले सोमबार र बुधबार नियमित उडान भरिरहेका छन् । निगमका महाप्रबन्धक प्रकाश पौडेलले कर्मचारी अभावले निगमले उडान भर्न नसकेको जानकारी दिए ।

कर्मचारीको अभावले निगमका दुई जहाजले पूर्वका ताप्लेजुङ, भोजपुर, खानीडाँडा र थामखर्क विमानस्थल खोटाङबाहेक उडान भर्न नसकेको जनाइएको छ । प्रविधिको विकाससँगै हुलाकमार्फत पछिल्लो समय निजीभन्दा पनि सरकारी पत्र बढी आदान प्रदान हुने गरेको छ । रासस

सम्बन्धित समाचार

thumbnail

मालसामान सहजरूपमा ढुवानी गर्ने वातावरण मिलाउन महासङ्घको आग्रह

काठमाडौं । व्यवसायीले चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मङ्गलबार एक विज्ञप्ति जारी गरी लामो समयको बन्दाबन्दीमा रोकिएका…

thumbnail

दरबाङ–धारापानी सडकको स्तरोन्नती सुरु

बेनी । दरबाङ–धारापानी सडक स्तरोन्नतीको कार्य थालिएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ र ६ को सिमाना दरबाङको पक्की पुलदेखी धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानी सम्म सडकको स्तरोन्नती थालिएको…

thumbnail

बुटवल–तानसेन सडक आजदेखि दैनिक ३ घण्टा बन्द

बुटवल । मर्मतको लागि सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड पर्ने विभिन्न ठाउँमाहरु मर्मत गर्नु भएको असोज २९ सम्म बन्द सडक डिभिजन पाल्पाले…

Write a Reply or Comment