
हेटौंडाको बजेट ल्याउन एमालेसँग ३ बुँदे सहमति
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा एमालेसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ । आज ३…
बेनी । नेटवर्किङमा आधारित व्यवसाय सञ्चालन गरी ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले भारतमा उत्पादन भएको रोग निको पार्ने औषधीहरु अवैध रुपबाट विक्रि गर्ने तीन जनालाई बेनीमा प्रकाउ गरेको हो ।
पिरामिड शैलीको सञ्जाल बनाई ठगी व्यवसाय संचालन गर्ने पोखरास्थ्ति मालेपाटनमा गण्डकी हर्वल स्टोर्सका सञ्चालक पर्वत स्थित जलजला गाँउपालिका–७ मिलनचोकका होमनाथ जैसी, सोही स्थानका २४ बर्षर्का सरोज शर्मा र काठमाडौं महानगरपालिका– ४ टोखा बस्ने प्रदिप रिजाललाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतिय कम्पनीबाट उत्पादन भएका फुड बस्तुहरु व्यक्तिहरूलाई विभिन्न रोगहरु निको हुने, छोटो समयमै राम्रो कमिशन प्राप्त हुने प्रलोभन देखाई निश्चित परिमाणमा फुड सप्लिमेन्टहरू किन्न लगाउने गरेको पाइएको छ ।
म्याग्दी प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्वत माफर्त अनुसन्धानका लागि बस्तुको प्रत्यक्ष विक्रि ऐन २०७४ बमोजिम पिरामिडमा आधारित ब्यवसाय संचालन गरेका उनीहरुलाई अनुसन्धान र आवश्यक कारबाहीका लागि बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौं पठाएको छ ।
उनीहरुलाई बस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को परिच्छेद २ को दफा ११ बमोजिम नेपालमा कुनै पनि प्रकारको पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था रहेर ठगी मुद्धा अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।आर्थिक प्रलोभनमा परेर विभिन्न संजालबाट आएका ब्यक्तिहरुको सामानहरु किन्ने र विक्रि वितरण नगर्न र अरुलाईपनि सचेत गराउन प्रहरी कार्यालयको जिल्लाबासीलाई आग्रह छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउन नेकपा एमालेसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै आइतबार हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ । आज ३…
एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…