पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४५ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय ६४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ भने देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार