मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

पहिलोपटक हुम्लाका गाउँगाउँमा सुरक्षा गस्ती शुरु

हुम्ला । पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको गतिविधि बढेको आशङ्कामा तीनवटै सुरक्षा निकायले आफ्नो गस्ती परिचालनलाई बढाएको छ ।

जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दैै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले संयुक्तरूपमा नागरिकको सुरक्षाका लागि गाउँस्तरसम्म पहिलोपटक गस्ती परिचालन शुरु गरेको छ । सशक्तरूपमा सुरक्षा सतर्कता बढाउन संयुक्त टोली मङ्सिर ६ गतेदेखि विकट गाउँमा सुरक्षा गस्ती गर्न थालेको सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी नायब उपरीक्षक मोहन विष्टले जानकारी दिए ।

पहिलोपटक मङ्सिर ६ गतेदेखि जिल्ला सदरमुकामबाट परिचालित टोली तल्लो क्षेत्रको सर्केगाडलगायतका गाउँसम्म गस्ती गरेर सिमकोट फिर्ता भएको छ भने पुनः जाने तयारी भइरहेको विष्टले जानकारी दिए । पन्ध्र नेपाल प्रहरी र १५ सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मीको टोलीले केही दिन अगाडि गाउँसम्मै गस्ती गरेर सदरमुकाम फिर्ता भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले हुम्ला हरपल जनताको सुरक्षा लागि सधैँ तत्पर रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर केही दिनमा पुनः गाउँस्तरसम्म गस्ती परिचालन गरिने भएको छ । केही दिन अगाडि सदरमुकाम सिमकोटस्थित कृषि विकास कार्यालयको मूलगेटमा दुईवटा सकेट बम राखिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आफ्नो गस्तीलाई बढाएका छन् । गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको हुम्लामा पहिलोपटक हो । रासस

सम्बन्धित समाचार

thumbnail

जलजलालाई नगरपालिका बनाउने जनप्रतिनिधिको निर्णय

पर्वत। प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रियाका निम्ति कार्यपालिका बैठकले अध्यक्ष यामबहादुर मल्ललाई जिम्मेवारी दिएको थियो । करिब ८ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निःशुल्क प्राप्त गर्ने…

thumbnail

रुखबाट खसेर घाइते भएकी महिलाको हेलिकप्टरबाट उद्धार

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा घाँस काट्ने क्रममा आइतबार एक महिला रुखबाट लडेर घाइते हुनुभएको छ । मुनाकी ४० वर्षीया मनमाया शेरपुजा रुखबाट खसेर घाइते हुनुभएको हो । शेरपुजालाई प्रभु एयरको…

thumbnail

बुटवलको तिनाउमा सरसफाइ अभियान सुरु

काठमाडौं । पाल्पाबाट बुटवल हुँदै बग्ने तिनाउ नदीको पवित्रता बचाउन र प्रदुषित हुन नदिनका लागि आजदेखि तिनाउ सरसफाइ अभियान सुरु गरिएको छ । पछिल्लो समय तिनाउ नदी मानवीय अतिक्रमण र सहरको फोहोरका…

Write a Reply or Comment