प्रदेश सांसद केसीले जिते कोरोना

बेनी । गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी कोरोना मुक्त हुनुभएको छ । कोरोना संक्रमण भएपछि होम आइसोलेशनमा बस्नुभएका सांसद केसीले सामाजिक संजाल मार्फत शुक्रबार राती १३ औं दिनमा कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराउनुभएको हो । म्याग्दी निर्वाचन क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य सांसद केसीले संक्रमण भएको समयमा सहानुभुति प्रकट गर्ने सबैमा आभार समेत व्यक्त गर्नुभएको छ ।

यो पनि …

https://myagdinews.com/2020/11/%e0%a4%b8%e0%a4%be%e0%a4%82%e0%a4%b8%e0%a4%a6-%e0%a4%95%e0%a5%87%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%95/

‘आज मेरो १३ औं दिनमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ,यस बिचमा मलाई विभिन्न माध्यमबाट सहानुभुती व्यक्त गर्नुहुने मेरा मित्रजनहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ,’–उहाँले फेसबुकमा लेख्नुभएको छ ।पीसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उहाँले गत मंगलबार सामाजिक संजाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार