बागलुङमा ३८ थान अवैध भरुवा बन्दुक बरामद

बलेवा । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका विभिन्न ठाउँबाट ३८ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ । कात्तिक अन्तिम सातादेखि अवैध बन्दुक खोजी कार्यमा जुटेका प्रहरीले दुई हप्ताको अवधिमा ती परिमाणका बन्दुक फेला परेका हुन् ।

गत कात्तिक २८ गते जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीबाट एक थान, मंसिर ४ गते ताराखोला गाउँपालिका–४ का विभिन्न ठाउँबाट १२ थान, मंसिर ५ गते ताराखोलाकै जुल्ले सामुदायिक बनबाट चार थान, सोही वडाको हर्पुखोलाबाट चार थान, मंसिर ११ गते ताराखोलाकै वडा नम्बर २ बाट नौ थान र वडा नम्बर ५ बाट आठ थान बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

विभिन्न समयमा प्रहरीले गरेको खोजतलासका क्रममा ती बन्दुक फेला परेका हुन् । प्रहरीले खोजतलास थालेपछि प्रयोगकर्ताले बन्दुक बेवारिसे अवस्थामा फालेको हुनसक्ने प्रहरी निरीक्षक विजय भण्डारीले बताए । अवैध बन्दुक कसले र किन बेबारिसे अवस्थामा फालेका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार