बेनी नगरपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

बुधवार देखी बेनीमा लकडाउन खुल्ने

बेनी । म्याग्दी सदरमुकाम बेनीमा जारी लकडाउन भोलि बुधवार देखि खुल्ने भएको छ । तत्काल समुदाय स्तरमा कोेरोनाकोे जोखिम नभएको पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकोे प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।

बेनी नगरपालिकाले गरेको सिफारिसका आधारमा मंगलबार बसेको डिसिसिएमसिको वैठकले भोलिबाट सेवा र बजार खुल्ला गर्ने निर्णय गरेको हो ।बजारमा कोरोनाको जोखिम बढेको भन्दै गत १४ गतेबाट बेनी नगरपालिका भित्रका अत्यावश्यक वाहेकका सबै सेवा र बजार एक हप्ताका लागि बन्द गराईको थियो । बन्दलाई २१ गते पुन: थप गरि २८ गते सम्म पु¥याइएको हो ।

बन्दका विचमा स्वास्थ्यकर्मी सहितको टोलिले बजारमा स्वास्थ्य अवस्था, जनस्वास्थ्यका मापदण्ड पालना गरे नगरेको र मापदण्ड पालना गर्न अनुरोध गरेको बेनी नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

thumbnail

प्रहरी निरिक्षक शर्मा विरुद्ध बहुबिवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी

म्याग्दी । म्याग्दीको सदरममुकाम बेनीकी स्मृति शर्माले प्रहरी निरिक्षक समेत रहेका श्रीमान ध्रुव शर्मा विरुद्ध बहुविवाह र गर्भ संरक्षण विरुद्धको कसुरमा जाहेरी दिनुभएको छ । श्रीमानले आफुलाई अन्याय गरेको भनि सामाजिक सञ्जाल…

thumbnail

म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ३ का ७५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

thumbnail

१४ गतेदेखि बेनी नगरपालिकाका विद्यालय खुल्ने

बेनी । कोरोना कारण बन्द भएका बेनी नगरपालिकाका निजी तथा सामुदायिक विद्यालय मंसिर १४ गते आइतबार देखी खुल्ने भएका छन् । बिहिबार नगरपालिकाको ६१ औँ नगर कार्यपालिकाको बैठकले जनस्वाथ्यका मापदण्डहरु पालना गरि…

Write a Reply or Comment