बेनी नगरपालिका
मुख्य समाचार
म्याग्दी
म्याग्दी न्युज विशेष
राष्ट्रिय
समाचार
बेनीमा जारी लकडाउन थप एक साता लम्बियो
शुक्रवार, कार्तिक २१ गते
| म्याग्दी न्युज संवाददाता
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा जारी लकडाउन थप एक साता लम्बिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै बेनीमा जारी लकडाउनलाई शुक्रबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैठकले बेनी नगरपालिकाले थप एकहप्ता लकडाउन गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । वैठकले २८ गते राती १२ बजे सम्म अत्यावश्यक वाहेकका सवै सेवा र बजार बन्द गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको वैठकले बेनी बजारमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले समुदाय स्तरमा संक्रमण फैलिन नदिन थप एकहप्ताका लागि बेनी नगरपालिका क्षेत्र भित्रका सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।
दैनिक उपभोग्य पसलका हकमा विहान ८ देखि १० बजे सम्म र बेलुका ४ देखि ६ बजे सम्मको समय तोकिएको छ । एकहप्ता अघि गरिएको बन्द आज राती १२ बजे सकिँदै छ । गत विहिवार बेनीमा कोरोना संक्रमणका कारण एकजना पुरुषको मृत्यु भएपछि थप जोखिम बढेको भन्दै उच्च सजगता र सतर्कता अपनाइएको हो । मृतकको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
सार्वजनिक यातायात खुल्ला र अन्तरजिल्ला आवागमनलाई कायम राखेर गरिएको बन्दको सार्वजनिक रुपमा विरोध भएको छ । बजार र सरकारी कार्यालय मात्रै बन्द कोरोना रोकथामको समाधान नभएको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।
बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी…
बेनी । म्याग्दीको बेनीमा रहेको म्याग्दी बालगृहलाई आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई अष्ट्रेलियामा व्यवसायी गर्दै आउनुभएका समाजसेवी तथा तृप्ती फाउण्डेसनका संस्थापक हरि राम्जालीले नेपाल बाल संगठन अन्तर्गतको म्याग्दी…
अन्नपूर्ण गाउँपालिका
धवलागिरी गाउँपालिका
बेनी नगरपालिका
मंगला गाउँपालिका
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै…
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
समाचार
पर्वत। प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रियाका निम्ति कार्यपालिका बैठकले अध्यक्ष यामबहादुर मल्ललाई जिम्मेवारी दिएको थियो । करिब ८ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निःशुल्क प्राप्त गर्ने…
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा घाँस काट्ने क्रममा आइतबार एक महिला रुखबाट लडेर घाइते हुनुभएको छ । मुनाकी ४० वर्षीया मनमाया शेरपुजा रुखबाट खसेर घाइते हुनुभएको हो । शेरपुजालाई प्रभु एयरको…
काठमाडौं । पाल्पाबाट बुटवल हुँदै बग्ने तिनाउ नदीको पवित्रता बचाउन र प्रदुषित हुन नदिनका लागि आजदेखि तिनाउ सरसफाइ अभियान सुरु गरिएको छ । पछिल्लो समय तिनाउ नदी मानवीय अतिक्रमण र सहरको फोहोरका…
काेराेना अपडेट
मुख्य समाचार
म्याग्दी न्युज विशेष
राष्ट्रिय
काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ६ सय ४४…