भरतपुर अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो।

भरतपुर–१० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएको थियो। कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो। उपचारका सबै उपायहरु गर्दा गर्दै सोमबार बिहान १ः२० बजे उनको मृत्यु भएको पौडेलले बताए।

त्यस्तै, धादिङ्गको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको पनि कोभिड आइसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। उनको सोमबार विहान २ः५५ बजे मृत्यु भएको पौडेलले बताए। जिल्ला स्वास्थ्य कार्यालय चितवनकाअनुसार जिल्लामा कोरोना संक्रमणका कारण अहिलेसम्म ६४ जनाको मृत्यु भइसकेकोे छ। अहिलेसम्म चार हजार ४ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये १६ सय जना उपचारकै क्रममा छन्। सेतोपाटीबाट साभार

सम्बन्धित समाचार

thumbnail

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…

thumbnail

नेपालमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटियो

काठमाडौँ । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो। अस्पतालले अघिल्लो हप्ता गरेको जिन सिक्वेन्सिङमा…

thumbnail

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका…