भाउजुलाई बलात्कार गरेको आरोपमा नाता पर्ने देवर पक्राउ,आफ्नै देवर फरार

धरान । विवाहित एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा धरानमा एक देवर नाता पर्ने युवा पक्राउ परेका छन्। पीडित महिलाकी आफ्नै देवर भने फरार छन्।

पीडित महिलाले उजुरी दिएपछि इलाका प्रहरी कार्यालयले धरान १५ का २२ वर्षीय युवालाई पक्राउ गरेको हो। ती युवा पीडित भनिएकी महिलाको काका ससुराको छोरा हुन्। पीडितको आफ्नै देवर भने फरार भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। ‘डर, धम्की देखाएर एक, डेढ वर्षदेखि जर्बजस्ती गरेको उजुरी आएपछि एक जनालाई पक्राउ गरिएको छ, अर्को फरार छन्,’ डिएसपी बस्नेतले भने।

धरान १६ निवासी पीडित महिलाका अनुसार शुरुमा उनलाई आफ्नै देवरले जर्बजस्ती करणी गरेका थिए। डर, धम्की दिएको हुनाले आफूले कसैलाई नभनेको पीडितको भनाई छ। उनको एक छोरा र एक छोरी छन्। देवरले काका ससुराको छोरालाई पनि सुनाएपछि उनले पनि आफूलाई जर्बजस्ती गरेको पीडित महिलाको भनाइ छ।

घटनाबारे परिवारले पनि थाह पाएर छलफलसमेत भएको थियो। तर, पीडितकी आमाले परिवारबीचमा घटनालाई मिलाउन नदिई प्रहरीमा जाहेरी दिएपछि प्रहरीले कानुनी कारबाही अघि बढाएको हो।nagariknews.nagariknetworkबाट साभार

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…

thumbnail

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला…