भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरी फरार

काठमाडौँ । भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरेका छन्। भारतबाट प्रकाशित हुने इन्डिया ट्रिब्यूनका अनुसार अशोक विहार क्षेत्रमा बस्ने भरत भनेर चिनिने सागर थापा नामका व्यक्तिले ४१ वर्षिया नैना सुनुवारको हत्या गरेर ब्ल्याङकेटमा पोको पारेर भागेका थिए। नैना पश्चिम बंगाल क्षेत्रकी भएको प्रहरीले बताएको छ। थापाका विरुद्ध सेक्टर ५ प्रहरी स्टेसनमा एफआईआर दर्ता भएको छ। थापाको नेपालको ठेगानाबारे भने प्रहरीले खुलाएको छैन।

उनी अशोक विहार क्षेत्रमा एक प्रहरी अधिकारीको घरमा पहिलो तलामा बस्ने गर्थे। उनी करिव एक महिना अघि त्यहाँ डेरा सरेका थिए। थापा एक हप्तादेखि घरमा आएका थिएनन् भने उनको कोठा बन्द रहेको थियो। कोठाबाट गन्ध आउन थालेपछि घरवेटीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ताल्चा फुटाएर उनको कोठमा तालासी लिँदा ब्लाङकेटमा बेरिएको अवस्थामा शव फेला परेको हो। उनको घाँटीमा समेत कपडा बेरिएको अवस्थामा शव फेला परेको थियो। पहिले नैनाको हत्या गरेर ब्ल्याङकेटमा बेरिएको देखिएको प्रहरीले जनाएको छ।

थापाका विरुद्ध सेक्सन ३०२ (हत्या), २०१ (प्रमाण लुकाएको) आरोपमा उजुरी दर्ता गरिएको छ। मृतक महिलाको अन्तिम संस्कारका लागि उनका आफन्तको खोजी भइरहेको प्रहरीले बताएको छ। थापा फरार रहेको र उनको खोजी भइरहेको प्रहरी अधिकारी देवी चरनले बताएका छन्। nagariknews.nagariknetworkबाट साभार

सम्बन्धित समाचार

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…