भारतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ। शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन्। कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ। भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार हजार ३६५ जना सङ्क्रमित भएका हुन भने कुल एक लाख ३२ हजार १६२ जनाको मृत्यु भएको छ। ती मध्ये ५८४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ४३ हजार ७९४ रहेको छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार