मंगला गाउँपालिकामा लकडाउन

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा लडकडाउनको घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका मगरको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकामा विहिबार रातिदेखी आगमी मंसिर १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तिय क्षेत्र , प्रशासनिक कामकारबाहीले आवतजावतमा अत्याधिक बृद्धि हुँदा कोरोना संक्रमणकोे जोखिम बढ्न सक्ने भएकाले लकडाउनको घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

आज बसेको बैठकले विहिबार राति १२ बजेदेखी मंसिर १ गते सम्म गाउँपालिकामा लकडाउन गर्ने निर्णय भएको गाउँपालिकाका कार्यकारी सचिव एवं सुचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुङ्गानाका अनुसार लकडाउनको समयमा गाउँपालिकाका सवै वडा कार्यालयहरु र कार्यपालिका अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द हुनेछन् ।

बजार क्षेत्रमा अति आवश्यक खाद्यान्न ,दुध ,फलफुल तथा तरकारी पसल ,फ्रेसहाउस विहान ७ बजेदेखी १० बजे सम्म मात्र खुल्नेछन् । त्यस्तै गाउँपालिकाको निर्णय अनुसार औषधी पसल बाहेकका सबै पसल ,बैंक, वित्तिय संस्था ,सहकारीहरु बन्द हुनेछन् । यसैगरी तिहारको समयमा देउसी भलो नखेल्न ,तारा हान्ने लगायत सबै खेलकुदका कार्यक्रमहरु बन्द गर्ने र घरबाहिर तीन जना बन्दा बढी भेला गर्न पाइनेछैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार