मंसिर २ देखि खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द हुने

काठमाडौँ । आगामी मंसिर २ गतेदेखि काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द हुने भएको छ। त्यसरी खाना खुवाउँदा फोहोर भई कोरोना संक्रमणको जोखिम बढ्ने ठहर गर्दै तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत कुनै पनि सार्वजनिक स्थानमा खाना खुवाउने कार्यक्रम नगर्ने निर्णय गरिएको हो।

शुक्रबार काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउने संघ/संस्थाका प्रतिनिधिबीच सार्वजनिक स्थानमा खाना वितरण नगर्ने लिखित सहमति भएको हो। मंसिर २ गतेबाट विपन्न, असहायलाई निःशुल्क खाना खुवाउन परे सुरक्षित र बन्द स्थल खोजी गर्ने सहमति भएको छ।nagariknews.nagariknetwork बाट साभार

सम्बन्धित समाचार

thumbnail

नागरिकता विधेयक यही संसदबाट पारित गर्ने तयारी छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…

thumbnail

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…

thumbnail

काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य भएको छ : मन्त्री आले

कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…