मालिका गाउँपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार समाज

मालिका गाउँपालिकामा अत्याबश्यक बाहेकका सेवा बन्द

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिकाको केन्द्र दरबाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु एक साताको लागि बन्द गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा बसोबास गर्ने एक पूरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले कात्तिक २० देखि कात्तिक २८ गतेसम्म कार्यालयको अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवा प्रवाह बन्द गरेको प्रमुख प्रशासकिय अधिकृत सूर्य विश्वकर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाले कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुलाई समेत होम क्वारेनटाइन र आइसोलेसनमा रहेर संक्रमण फैलनबाट रोक्न अनुरोध गरेको छ । सो अवधिमा दरबाङमा सञ्चालित बैंक तथा वित्तीय संघसंस्था र सहकारीबाट प्रदान गरिने सेवा समेत बन्द हुने भएका छन् ।

अत्यावश्यक सेवा उपलब्ध गराउने पसलहरु विहान ६ बजेदेखि १० बजे, बेलुकी ४ देखि ७ बजेसम्म खुल्ला, औषधी पसल नियमित खुल्ला हुने मालिका गाउँपालिका–६ दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मास्क नलगाई दरबाङ बजारमा प्रवेश गर्नेलाई १ सय जरिवाना गर्ने निर्णय भएको छ ।

गाउँपालिकाले कोरोनाको संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै अत्याबश्यक काम बाहेक घरबाहिर ननिस्कन र स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई पालना गर्न अपिल समेत गरेको छ ।

सम्बन्धित समाचार

thumbnail

मालिकाको अदिभारामा जीप दुर्घटना हुँदा दश घाइते, दुई जनालाई पोखरा रिफर

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३, अदिभारा सडक खण्डमा जीप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । वडा नम्बर ३ डाँडाखेतदेखी सोही मालिका गाउँपालिका वडा नम्बर १ निस्कोट जाने…

thumbnail

मालिकामा सोमबारदेखि विद्यालय खुल्ने

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा विद्यालय सोमबार देखि खुल्ने भएका छन् । गाउँपालिकाको कार्यालय दरबाङमा आइतबार बसेको कार्यपालिकाको बैठकले पालिकाभित्र कोरोना कारण बन्द भएका विद्यालय सुचारु गराउन पाउने निर्णय गरिएको हो ।…

thumbnail

७ वर्षदेखि साउदी जेल जीवन बिताइरहेका म्याग्दीका निउरे स्वदेश फर्किदै

बेनी । विगत ७ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्यामका राजकुमार निउरे नेपाल फर्किने भएका छन् ।मोरङका कमल वस्तीको हत्या आरोपमा जेलमा रहेका निउरेलाई…

Write a Reply or Comment